ट्राफिक प्रहरी मोरङको अनुरोध : पैदल हिँडेरै होलि खेल्नुहोस्

ट्राफिक प्रहरी मोरङको अनुरोध : पैदल हिँडेरै होलि खेल्नुहोस्

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङ जिल्लाभर होलि पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी चेकजाँचमा थप कडाई गर्ने भएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ खाएर सवारी चलाउनेमाथि विशेष निगरानी, नियन्त्रण र कारवाही गर्ने योजना अगाडी सारेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज चन्द्र खड्काका अनुसार तराईको होलि सोमबार (भोलि) भएपनि आज (आइतबार) देखि नै जनपथ प्रहरीसँगको साझेदारीमा चेकजाँच सुरु गरिएको छ । हामीले चेकपोइन्ट बढाएका छौं,सवारी दुर्घटनालाई शुन्यमा राख्नका लागि आवश्यक सबै जनशक्ति परिचालन गर्नेछौं, इन्चार्ज एवं प्रहरी निरीक्षक खड्काले भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले होलिमा रमाइलो गर्नका लागि संभव भएसम्म पैदल नै हिड्नका लागि आग्रह गरेको छ । यदि सवारी प्रयोग गर्नुपर्ने अवस्था आएमा कानुन बमोजिमका कागजात बोकेर नियम उल्लंघन नहुने गरि हिड्नका लागि अनुरोध गरेको छ ।

सवारीको भीडभाड कम हुने भएपनि सवारी दुर्घटनाको जोखिम भने बढी होलिमा हुने गरेको छ । धेरैले रमाइलोका लागि मादक पदार्थ सेवन गर्ने र अनियन्त्रित ढंगबाट सवारी चलाउँदा विगतमा हुने दुर्घटनालाई यसवर्ष न्यूनीकरण गर्नका लागि हरसंभव प्रयत्न गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय योजनना रहेको छ । हामी फेरी पनि बिनम्रतापूर्वक अनुरोध गर्दछौं, मादकपदार्थ सेवन गरेर सवारी चलाउँदै नचलाउनु होस्, प्रहरी निरीक्षक खड्काले भन्नुभयो–नियम उल्लंघन गर्नेहरुलाई कानुन अनुसारको सजाय गर्न कसैले रोक्न सक्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्