विराटनगरमा यसवर्ष होलि शान्त, जिल्लाभर ३४० मोटरसाइकललाई कारवाही

<span class='c1'>विराटनगरमा यसवर्ष होलि शान्त,</span> <span class='c2'>जिल्लाभर ३४० मोटरसाइकललाई कारवाही</span>

विराटनगर । विराटनगरमा होलिको दिन सोमबार सामान्य बाहेक ठूलो दुर्घटना भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण जिल्लाभर ठूला दुर्घटना नभएका हृुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज चन्द्र खड्का अनुसार ३ बजेसम्म नियमित चेकजाँचमा विभिन्न कारणले ३४० भन्दा बढी मोटरसाइकल होल्ट र कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले दिनभरमा हेलमेल नलगाउने, तीन जना सवार र मादक पदार्थ सेवन गर्ने, कागजात नभएका ३४० मोटरसाइकललाई कारवाही गरेको छ । यसैगरी अर्यादित व्यवहार देखाउने दुईवटा कार–भेन र दुईवटा टेम्पोलाई कारवाही गरिएको छ ।
सामान्य बाहेक केहि भएको छैन, इन्चार्ज खड्काले भन्नुभयो–३ बजेसम्मको तथ्यांकमा खास समस्या छैन । विराटनगरमा होलि पर्व अन्य वर्षको भन्दा शान्त र शालिन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्