माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो, आङबुहाङलाई स्पष्टिकरण सोध्यो

माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो, आङबुहाङलाई स्पष्टिकरण सोध्यो

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । नेकपाको संसदीय दलका उपनेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरसँगै आङ्बोलाई संसदीय दलको नेतामा चयन गरिएको हो ।

सोमबार बसेको दलको बैठकले पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बोलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवतिदेवी राईलाई चयन गरेको छ ।
बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका माओवादी दलका नेता टंक आङ्बुहाङलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । उनको कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्र छाडेका आङ्बुहाङ वर्तमान सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री छन् । आङ्बुहाङले आफूलाई दलको नेतामा टिकिखाने नदिने मनसाय राखेको भन्दै प्रचण्ड समूहबाट बिद्रोह गरेका थिए । आङ्बोले आङ्बुहाङ विरुद्ध लबिङ गरेको थाहा पाएपनि एमाले प्रवेश गरेको दावी गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्