विराटनगरका शैक्षिक संस्था बन्द नहुने

विराटनगरका शैक्षिक संस्था बन्द नहुने

भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको भएपनि विराटनगरका विद्यालय नियमितरुपमै संचालन हुने भएका छन् । आज नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

तर विराटनगरमा सो अनुरुपको वातावरणीय परिस्थिति नरहेको बताउदै यहाँका विद्यालय नियमित रुपमै संचालन हुने भएको हो ।
विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले निर्देशन जारी गर्दै कोभिड १९ महामारीले लामो समय बन्द भएको विद्यालय भर्खरै खुलेको ले शैक्षिक गतिविधि नरोक्न सुचित गराएको छ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा पछिल्लो केहि दिनयता वायु प्रदुषण र तुवाँलो देखिएको छ । तर विराटनगरमा वायुप्रदुषणको मात्रा बढेर डराउनु पर्ने अवस्था नरहेको सुचनामा उल्लेख छ ।

सो निर्देशन बमोजिम विराटनगरका विभिन्न विद्यालयले विद्यालय खुल्ला रहने सुचना सामाजिक संजाल र विद्यालयको सुचना माध्यमबाट जारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्