ट्रिफर दुर्घटनाबाट १ जना मृत्यु, २ जना घाईते

ट्रिफर दुर्घटनाबाट १ जना मृत्यु, २ जना घाईते

विराटनगर । ताप्लेजुङ पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन–डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।
प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०–२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई ४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए ।

घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा सोमबार राती ११ बजे मृत्यु भएको थियो । घाइते अन्य २ जनाको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्