लागुऔषध बोकेर नेपाल प्रवेश गरेका भारतीय नागरिक विराटनगर–१८ बाट पक्राउ

लागुऔषध बोकेर नेपाल प्रवेश गरेका भारतीय नागरिक विराटनगर–१८ बाट पक्राउ

विराटनगर । भारतबाट ५७० एम्पुल लागुऔषध बोकेर विराटनगर प्रवेश गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–१८ भेडियारीस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलिले भारत अरिरिया बैजनाथपुरका २३ वर्षीय दिलिपकुमार साहलाई पक्राउ गरेको हो ।

नियमित चेकजाँचका क्रममा साहलाई लागुऔषध बोकेर आईरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । उनले प्लाष्टिकको झोलामा प्याक गरेर ल्याएको डाईजापाम–१९०, फेनारगन–१९० र नुफिन–१९० एम्पुल बरामद भएको छ । प्रहरीले पक्राउ परेका उनी विरुद्ध थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्