सुँगुर मार्ने झिर रोपेर इटहरीमा एकजनाको हत्या

सुँगुर मार्ने झिर रोपेर इटहरीमा एकजनाको हत्या

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार इटहरीवासी केशव कार्कीको हत्या भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसाार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको दावी प्रहरीले गरेको छ । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्