विराटनगरको हावा: महानगर भन्छ डराउन पर्दैन: जानकार भन्छन् चिन्ताजनक

विराटनगरको हावा: महानगर भन्छ डराउन पर्दैन: जानकार भन्छन् चिन्ताजनक

विराटनगर । देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने गरि संघिय सरकारले गरेको निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थियो ।

सरकारले काठमाण्डौंलाई हेरेर लिएको निर्णय विराटनगरका लागि अनुपयुक्त ठहर गरिनुको कारण मापन भएको वायुप्रदुषणको मात्रालाई आधार मानिएको विराटनगर महानगरपालिका वातावरण शाखा प्रमुख अनिता न्यौपानेले बताउनुभयो । महानगर वातावरण शाखाकी प्रमुख न्यौपानले सोमबार दिउँसो ८४ एक्यूआई मापन गरिएको जानकारी दिनुभयो । तर, विराटनगरमा सोमबार दिउँसो १७७ एक्यूआईसम्म मापन भएको वातावरणका जानकार रामचन्द्र अधिकारीको भनाई छ । १७७ एक्युआई अत्यन्त दुषित हावाको मात्रा हो ।

महानगरले विराटनगरको हावा चिन्ताजनक अवस्थामा छैन भनेर दाबी गरिरहँदा महानगरपालिका–३ स्थित जिल्ला वन कार्यालयमा राखिएको वायुप्रदुषण मापन केन्द्रको सूचना प्रणालीमा समस्या देखिरहेकोछ । हावाको प्रदुषण लेवल देखाउने डिस्प्ले यतिबेला बन्द छ ।

जिल्ला वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरका अनुसार मंगलबार बिहान ९१ एक्यूआई मात्रै मापन भएको छ । यो लेवल जोखिम भन्दा कम भएकोले विराटनगरमा अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । विराटनगरमा गत पौष महिनामा २०० एक्यूआई भन्दा माथि मापन भएको वायुप्रदुषणको मात्रा आजभोलि न्यून नै देखिएको दावी गरिएको छ ।

विराटनगरको सूचना प्रणालीमा केहि समस्या छ, अधिकारीले भन्नुभयो–झुम्का लागि बेश बनाएर यहाँको वायुप्रदुषण यकिन गर्न कठिनाई हुन्छ । सोमबार दिउँसो धनकुटामा १७३ एक्यूआई मापन भएको थियो । हिउँदे वर्षा नहुनु र पश्चिमा वायुको वहाव नभएका कारण अहिलेको वायुप्रदुषणको जोखिम बढेको जानकार अधिकारीको भनाई छ । त्यस बाहेक देशभर धुले सडकको संख्या बढ्नु, भारतको पञ्जाब र हरियाणाबाट सुख्खा हावाको प्रवेश हुनु र वन डढेलोका कारण समेत प्रदुषण बढेको अधिकारीले बताउनुभयो ।

यता विराटनगर महानगरपालिकामा वायु प्रदुषणको मात्रा आत्तिहाल्नुपर्ने अवस्थाको नदेखिएको भन्दै महानगरले यस्तो निर्णय गरेता पनि प्ल्युम ल्याब जस्ता हावाको गुणस्तर मापन गर्ने वेबसाइटहरुले विराटनगरको हावा अत्यन्त दुषित भएको उल्लेख गरेका छन् । महानगरपालिकाले विराटनगरको एक्युआई ८४ मात्र भएको दाबी गरेता पनि प्ल्युम ल्याबले १ सय २९ एक्युआई पुगेको देखाएको छ ।  विराटनगरको हावा अत्याधिक दुषित भएकोले बाहिर खेलकुद गर्न , केटाकेटी लिएर बाहिर निस्कन, तथा बाहिर बसेर खाना खाने लगायतका कार्य नगर्न प्ल्युम ल्याबले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्