बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिक पक्राउ

बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिक पक्राउ

काठमाडौँ

बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाएको छ ।

निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलबार कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

उनले अमेरिका रहँदादेखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो ।

उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बाल यौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ । उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्