मानन्धरको निधनले अपूरणीय क्षति: अध्यक्ष दहाल

मानन्धरको निधनले अपूरणीय क्षति: अध्यक्ष दहाल

काठमान्डू

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । अध्यक्ष दाहालले शोक वक्तव्य मार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको विगुल फुक्नुभएको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको बताउनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्