किराँत यायोक्खा वेलायतद्धारा यायोक्खा विराटनगरलाई आर्थिक सहयोग

<span class='c1'>किराँत यायोक्खा वेलायतद्धारा </span> <span class='c2'>यायोक्खा विराटनगरलाई आर्थिक सहयोग</span>

विराटनगर

किराँत राई यायोक्खा कार्य समिति विराटनगरले निर्माण गरेको सामुहिक चुल्हो (खिम) को लागी किराँत राई यायोक्खा वेलायतद्धारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रम बिच समितिलाई भवन निर्माणको आर्थिक सहयोग गरिएको हो ।
किरात राई यायोक्खा वेलायतकी अध्यक्ष कल्पना राईले सहयोग रकम किरात राई यायोक्खा विराटनगरकी अध्यक्ष विष्णुकुमारी राईलाई ३ लाख ३५ हजार हस्तान्तरण गरेकी थिइन् ।

किरात राई यायोक्खा विराटनगरको आफ्नै भवन विराटनगर ११ मा रहेको छ । गत पुस १५ देखि औपचारिक कार्यक्रम गरि संचालनमा ल्याएको भवनमा किरात सामुदायको सामुहिक चुल्हो (खिम) पनि रहेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा किरात अगुवाहरुले भाषा, संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गरिन एकजुट हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किरात संस्कृति घरदैलोमा पु¥याएर संस्कृति संरक्षणमा एक जुट हुनुपर्ने बताए । अहिले भाषा, संस्कृति लोप हुदै गएको उल्लेख गर्दै उनले हाम्रो संस्कृति जिवान्त राख्न देशभरीका किरात एक हुनुपर्नेमा जोड दिए । किरात राईको २८ लिपी रहेकोले यसको संरक्षणमा लाग्नुपर्नेमा उनले बताए ।
कार्यक्रममा किरात राई यायोक्खा बेलायका अध्यक्ष कल्पना राई, उपाध्यक्ष योगेश राई, विराटनगर अध्यक्ष विष्ण राईले किरात संस्कृति संरक्षणमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्