जिप दुर्घटनाबाट १ जना मृत्य, १ जना घाईते

<span class='c1'>जिप दुर्घटनाबाट १ जना</span> <span class='c2'>मृत्य, १ जना घाईते</span>

पाँचथर । पाँचथर याङबरक गाउँपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको छ ।
बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको थियो । सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको बी एण्ड सी अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्