क्रान्तिकारी विद्यार्थी संगठन छोडेर अखिलमा प्रवेश

<span class='c1'>क्रान्तिकारी विद्यार्थी संगठन</span> <span class='c2'>छोडेर अखिलमा प्रवेश</span>

विराटनगर । एमाओवादी निकट अनेरास्वयू (क्रान्तिकारी) मा आवद्ध विद्यार्थी एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन् । जिल्ला सचिवालय सदस्य तथा महेन्द्र मोरङ क्याम्पस इकाई सचिव उमेश ढुङ्गाना, विराटनगर महानगर कमिटि अध्यक्ष बिक्रम चौधरी, जिल्ला कमिटि सदस्य रितिक यादवसहितको टोलि अनेरास्ववियुमा प्रवेश गरेका हुन् ।


नेकपा एमाले पाञ्चालिस्थित पार्टी कार्यालयमा आयोजित राजनैतिक प्रशिक्षण कार्यक्रमको अवसर पारेर विद्यार्थीहरु प्रवेश गरेका थिए । उनीहरुले एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र विद्यार्थीका केन्द्रीय कार्यालय सदस्य भाष्कर खनाल तथा गोकर्ण घिमिरेले स्वागत गरेका हुन् ।

्प्रवेश गर्नेहरु अन्यमा सुरज यादव, पुष्कर गुप्ता, रुपेश शाह, अमर कर्ण रहेका हुन् । त्यसैगरी महेन्द्र मोरङ क्याम्पस कमिटी सदस्यहरु क्रमशः खुर्वेन्द्र यादव, आशिक यादव, आदित्य यादव, चन्द्र प्रकाश शाह, राज कुमार यादव लगायत पनि प्रवेश गरेका हुन् । कार्यक्रममा अध्यक्ष पोखरेलले समग्र राजनैतिक घटनाक्रम अबको कार्यदिशा लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्