हिजोदेखि वेपत्ता सात वालिका र किशोरी विहारको सीतामढीमा फेला

हिजोदेखि वेपत्ता  सात  वालिका र किशोरी विहारको सीतामढीमा फेला

बर्दिवास

महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत विहारको सीतामढीमा फेला परेका छन् ।
मंगलबारदेखि हराएका भनिएका उनीहरू भारतको सीतामढी स्थित रेल्वे स्टेशनमा फेला परेको भंगहाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । भारतीय प्रहरीको समन्वयमा बालिका तथा किशोरीहरूलाई अहिले नेपाल ल्याउने तयारी भइरहेको पनि उनले बताए । बेपत्ता भएका उनीहरू भारत विहारको सीतामढीमा फेला परेका छन् र अहिले घर ल्याउन लागिएको छ ‘ मेयर साहले भने ।

फेला परेका मध्य स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मङ्गलवार दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएका थिए ।अस्मिता पासवान उच्च मा वि। भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योति कक्षा – ८ मा, सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको उनीहरुको परिवारले जनाएको छ ।
अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साहसहितको टोली धर्मपुर बस्ती पुगेका छन् । किशोरी तथा बालिकाहरू कसरी त्यहाँ पुगेभन्ने बारे अझै केही भन्न नसक्ने मेयर साहले बताए ।

-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्