रंगेली–कानेपोखरी हुलाकी सडक सञ्जालले जोडिएसँगै एक दशकको सपना पूरा

रंगेली–कानेपोखरी हुलाकी सडक सञ्जालले जोडिएसँगै एक दशकको सपना पूरा

रङ्गेली। हुलाकी राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी–रंगेली सडक खण्ड समुदायलाई हस्तान्तरण गरिएको छ । आधा दशकदेखि सडकको प्रतिक्षामा बसेका उपभोक्ता भने औपचारिक उद्घाटनसँगै खुशी भएका हुन् ।

पूर्व पश्चिम राजमार्ग र विराटनगर –रङ्गेली–आमबारी सडकलाई जोड्ने जिल्ला कै सबैभन्दा पुरानो सडक मानिन्छ । २५.४० किमी लम्बाईको सडकलाई जिल्लाको पहिलो हुलाकी सडक नाम उल्लेख गरिएको छ ।
हुलाकी राजमार्गको सहायक सडकले रंगेली–कानेपोखरीलाई जोडेपछि कानेपोखरी–लेटाङ सडक सञ्जाल अझै लामो भएको छ । उत्तरी मोरङको लेटाङलाई भारतको चोर्पाहासँग सडक सञ्जालसँग यहि सडकले जोडेको हो । पञ्चायत कालदेखि नै कालोपत्रे हुने सूचीमा पर्दै आएको कानेपोखरी–रङ्गेली सडक पटक पटक ठेक्का लागेर पनि निर्माण कम्पनी आधा काम गर्दै भाग्न थालेपछि स्थानीय उपभोक्ताले आश्वस्त देखिदैन थिए । पछिल्लो पटक २०११ को मार्चमा भारतीय निर्माण कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लि. चेन्नइले सडक निर्माण सुरु गर्दा स्थानीय खुशीले फुरुङ्ग भएका थिए ।

२०१३ को अगस्टमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता गरेको जीभिआरले १८ महिना पछि काम छोडेर भागेको थियो ।
भारतीय कम्पनी काम छोडेर भागेको चार वर्षपछि २०७४ असार ६ गते नेपाली निर्माण कम्पनी लामा, डाँफे ,द कन्चनजंघा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यस कम्पनीले पनि २०७६ को असार ५ गते यो सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । तर, निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समय भन्दा २१ महिनापछि सडक हस्तान्तरण भएको हो ।

सडक भारतीय सरकारको ७० करोड २४ लाख ३१ हजार ६७९ रुपियाँ सहयोगमा बनेको हो । निर्माण कम्पनी कन्चनजङ्घा निर्माण सेवाका सञ्चालक टेण्डी शेर्पाले ९९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । केही स्थानमा ड्रेनमाथि स्ल्याब राख्ने र माइल स्तम्भ राख्ने बाहेकका काम पूरा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्