बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा जाँच, ३७ जनामा मोतियाबिन्दु

<span class='c1'>बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा</span> <span class='c2'>जाँच, ३७ जनामा मोतियाबिन्दु</span>

झि:पुच. बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा जाँच शिविर आयोजना भएको छ । तिनटोलीया समाज सेवा समितिको आयोजनामा र राम लाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहयोगमा उक्त आँखा शिविरको आयोजना भएको हो ।

शिविरबाट २ सय ६७ जना व्यक्तिहरुको निशुल्क आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएकाहरु मध्ये ३७ जनामा मोतियाबिन्दु फेला परेको थियो । मोतिया बिन्दु भएकाहरुको निशुल्क शल्यक्रिया तथा औषधीउपचारको लागि रामलाल गोल्छा आँखम अस्पताल र तिनटोलीया समाज सेवा समितिले व्यवस्था मिलाउने बताईएको छ ।

शिविरमा प्रमुख अतिथिका रुपमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, बिशिष्ट अतिथिका रुपमा ब्यापारी तथा सामाजिक अभियन्ता शुदर्शन बहादुर श्रेष्ठ तथा अतिथिका रुपमा महानगरको १० नं. वडा सदस्यहरु बिजय दाहाल, शुशिला ओझा र भारति रमतेल, झि.पुच का सचिब हरि बहादुर श्रेष्ठका साथै तिनटोलिया समाजका सल्लाहाकार समिति, कार्य समिति, महिला समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्