भारतमा दोस्रो चरणको संक्रमणको जोखिम भईरहदा रानी बोर्डरमा रोकिएन चोरबाटोको आवातजावत

भारतमा दोस्रो चरणको संक्रमणको जोखिम भईरहदा रानी बोर्डरमा रोकिएन चोरबाटोको आवातजावत

विराटनगर । छिमेकी मुलुक भारतामा दोस्रो चरणको कोरोना भाइरसको उच्च जोखिम भईरेको बेला सिमा क्षेत्र भारतबाट नेपाल आउजाउ गर्नेको संख्या बढीरहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी सरकारले गत चैत्र ११ देखि भारतीय सीमाहरु बन्द राखेको छ । तर पछिल्लो समय विभिन्न चोरबाटो हुँदै हजारौंको संख्यामा नेपाली नागरिकहरु भारत जाने गरेका छन् भने भारतीयहरु नेपाल आउने गरेका छन् ।

भारत प्रवेश गर्ने मुलद्धार बन्द भएपनि अन्य सहायक मार्गहरुबाट आम सर्वसाधारणको आवागमन निर्वाध रुपमा चलिरहेको छ । सीमाक्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति नहुँदा यसले थप प्रसय पाएको छ । विराटनगरको दक्षिण गेट र दरैया बस्तीबाट दिनहुँ ठुलो संख्यामा नेपालीहरु भारत गएर फर्किने गरेको स्थानीय रामु देवी मण्डलल्े बताईन् ।
औषधी उपचार, खाद्यान्न तथा लत्ताकपडा खरिद र आफन्तसँग भेटघाट लगायतका विभिन्न प्रयोजनले दैनिक आम सर्वसाधारणको आवागमन हुने गरेको स्थानीय रञ्जन राईले बताए ।
नेपाल सरकारले आफ्नो तर्फबाट सीमाहरु बन्द राखेको भएपनि छिमेकी मुलुक भारतले भने गत कात्र्तिक ६ गतेदेखि सीमा नाकाहरु खोलिदिएको छ । यो सँगै भारतीय पक्षबाट कुनै रोकटोक नहुँदा बिशेष गरि मोरङको जम्मा ६३ किलोमिटर भारतीय सीमावर्ती क्षेत्रबाट आम सर्वसाधारणको आवतजावत सहज बनेको छ ।
यसले कोरोना संक्रमणको जोखिम झन बढाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । प्रदेशभरका सीमावर्ती क्षेत्रमा खटिएका ७ सय ५० भन्दा बढी नेपाल प्रहरीको जनशक्तिले अवस्था नियन्त्रणमा लिने प्रयास गर्दा पनि प्रहरीकै आँखा छलेर दैनिकको आवागमन बाक्लिएको १ नं. प्रदेश प्रहरी कार्यालय प्रवक्ता महेन्द्र श्रेष्ठको भनाई छ ।
सीमा क्षेत्रमा माग बमोजिमको प्रहरी जनशक्ति नहुँदा आम सर्वसाधारणको निर्वाध आवागमनले कोरोनाको जोखिम बढेर गएको मोरङ प्रशासनको बुझाई छ । तर सर्वक्षीय सहयोग बिना यसको रोकथाम र न्युनीकरण असम्भव रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए । पर्याप्त प्रहरी जनशक्तिको अभावमा सीमाक्षेत्र खुकुलो बन्दा पछिल्लो समय तस्करीजन्य गतिविधिले पनि गति लिएको छ । त्यो संगै भारतमा बढीरहेको दोस्रो चरणको भाइरसको पनि उतिकै जोखिम बढ्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्