‘रोलिङ नेक्सस’ व्यवसायिक सामाजिक सञ्जाल प्रदेश नं.१ बाट सुरूवात

‘रोलिङ नेक्सस’ व्यवसायिक सामाजिक सञ्जाल प्रदेश नं.१ बाट सुरूवात

विराटनगर । झण्डै छ महिना लामो परीक्षणपछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ को प्रदेश १ बाट औपचारीक रुपमा शुभारम्भ गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उक्त अनलाइनसहित त्यसका तीनवटा मोबाइल एप्लिकेशनको शुभारम्भ गर्नभएको हो ।


सञ्जालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सूचना प्रविधिको युगको सुहाउँदो कार्य गरेको बताए । आधुनिक सूचना प्रविधिको पछिल्लो संस्करणको प्रयोग गर्दै नेपालकै सामाजिक सञ्जाल सुरू गरेको भन्दै राईले खुसी व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रोजगारी प्रवद्र्धनका लागि उपयुक्त प्लेटफर्म तयार गरेको बताए । त्यसको अधिकतम् फाइदा लिनसमेत उनले युवा व्यवसायीहरूलाई आग्रह गरे । यो कार्यलाई आगामी दिन निरन्तरता दिनुपर्नेमा पराजुलीले जोड दिए ।
कार्यक्रममा रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले व्यवसायिक सामाजिक सञ्जालको प्रयोगले ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ को सम्भावना बढाएको बताए । उनले रोजगारी सिर्जना, उद्यमशिलताको विकास, सशक्तिकरण र संलग्नताका माध्यमबाट अघि बढ्ने जानकारी दिए । कार्यक्रममा उद्योगी व्यवसायीहरूलाई लक्षित गरेर रोलिङ जब, रोलिङ टेण्डर, रोलिङ फ्रिलान्स लगायतका सुविधा उपलब्ध गराइने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्