पत्रकार महासंघ प्रदेश निर्वाचन : २१ पदमा ५६ को उमेद्वारी

पत्रकार महासंघ प्रदेश निर्वाचन : २१ पदमा ५६ को उमेद्वारी

विराटनगर । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ५६ जनाको उमेद्वारी परेको छ । तीनजना अध्यक्ष, चार जना महासचिवसहितको उमेद्वारी बिहीबार मनोनयन भएको हो ।

अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीको उमेद्वारी परेको छ । यसैगरी खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाको उमेद्वारी परेको छ । महिला उपाध्यक्षमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङको उमेद्वारी परेको हो ।
महासचिवका लागि श्री शिशा राई (श्रीप्रसाद), बन्धु पोखरेल, विवेक गौतम र फिपराज बेघाको उमेद्वारी परेको छ । सचिव खुल्लातर्फ अबिजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बुले मनोनयन दर्ता गर्नु भएको छ । समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उमेद्वारी परेको छ । कोषाध्यक्षमा गणेश साम्पाङ, बिमल लामिछाने र सन्तोष रुचालको उमेद्वारी परेको हो ।

पाँचजना निर्वाचित हुने खुल्लातर्फका सदस्यमा १४ जनाले मनोनयन दर्ता गरेका छन् । कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोृयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई र सुरेन्द्र भण्डारी हुनुहुन्छ ।

तीनजना महिला सदस्यका लागि सातजनाको उमेद्वारी परेको छ । देविका चाम्लिङ राई, बिनादेवी तामाङ्ग, बिनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठक हुनुन्छ । दलित सदस्यमा विपी दियाली र रणध्वज लाहोरले मनोनयन गर्नु भएको छ ।
दुईजना निर्वाचित हुने आदिवासी जनजातीतर्फ उपेन्द्र चाम्लिङ्ग, दिलकुमार लावती, यमनकुमार दनुवार, बिष्णु सुब्बाले मनोनयन गर्नु भएको छ । यसैगरी मधेशी–२ सदस्यका लागि चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द्र मेहता, ब्रम्हदेव यादव, सुर्यनारायण यादवले उमेदवारी दर्ता गर्नु भएको छ । अल्संख्यकतर्फ तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालको उमेद्वारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्