विराटनगरमा जारी जुत्ताचप्पल व्यापार मेलामा १ करोड मुल्य बराबरको कारोबार

विराटनगरमा जारी जुत्ताचप्पल व्यापार मेलामा १ करोड मुल्य बराबरको कारोबार

विराटनगर । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा जारी विराट जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोडको हाराहारीमा कोरोबार भएको मेला आयोजक समितिले जनाएको छ ।
गत चैत्र ५ गतेबाट विराटनगर ७ रङगेली रोड नेपाल बङगलादेश बैंक उत्तरपटीको खाली संरचनामा जारी जुत्ताचप्पल व्यापार मेलाको १४ औँ दिन सम्म आईपग्दा एक करोडको हाराहारीमा कारोबार भएको मेला आयोजक समितिले जनाएको छ ।


फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा सुरू भएको व्यापार मेलामा स्वादेशमा उत्पादन भएका घरेलु जुत्ताचप्पल मेलामा राखिएका छन् । व्यापार मेलामा १३ कम्पनीको २० वटा ब्राण्डका जुत्ताचप्पलहरुको बिक्री वितरणको लागी स्टालमा ५ हजार बढी जोर जुत्ताचप्पल बिक्रीको लागी राखिएको छ ।
मेलामा बिएफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक , हाईलाईफ र युनाईटेडका कम्पनीका एउटै छानामुनी विभिन्न मोडेलका जुत्ता चप्पलहरु खरिद बिक्रीका लागी राखिएको छन् ।


स्वेदशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले जुत्ताचप्पल व्यापार मेलाको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ । व्यापार मेलामा जुत्ता चप्पलहरूको खरिदमा बिशेष छुटको पनि व्यवस्था समेत गरिएको छ । १ सय देखि १० हजारसम्मका जुत्ताचप्पलमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जारी १४ दिन सम्मको जुत्ताचप्पल व्यापार मेलामा समग्र रुपमा अहिलेसम्म के कतिको व्यापारभएको छ भनेर हामीेले मेला आयोजक समितिका सदस्य राघव वियानीले जानकारी दिए ।

मेलामा दैनिकी ५ हजार  भन्दा बढी उपभोत्ताहरुले अवलोकन गर्ने गरेको वियानीले जानकारी दिए । मेला आगामी बैसाख ५ गते सम्म जारी रहेने मेला आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्