चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिने

चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिने

नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिदै छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा आज शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म प्रस्तुति दिने भएको हुन् ।

गुराँसको फेदमुनी, दिन र रात, म संसार जित्ने, मलाई अंगाली, दिन र रात जस्ता चर्चित गितका गायक सबिन राई पछिल्लो समय गायक राईले आफ्नो नयाँ एल्बम धन्यवादको लागि विभिन्न स्थानहरुको सांगितिक यात्रा समेत गरिरहेका छन् ।

सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना हुने सांगितिक कार्यक्रमको टिकट मुल्य १ हजार राखिएको कार्पेदियमका संचालक श्रेयसकर कार्कीले जानकारी दिए । उनले कार्पेदियमको बस्ने व्यवस्था सामाजिक दुरीलाई मध्यनजर गरेरै राखिएको र कोभिड संक्रमणको भिड हुन सक्ने भएकाले कार्यक्रमको समय काउन्टरबाट टिकट नबेचिने जानकारी दिए । उनले भने 'टिकट अगाडी नै खरिद गर्नु पर्ने व्यवस्था गरेका छौं ।'

कार्यक्रम सम्बन्धमा फेसबुकमा बनाईएको इभेन्ट : https://fb.me/e/5PjzrBjf6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्