संखुवासभामा बस दुर्घटना, दुई गम्भीरसहित १३ जना घाइते

संखुवासभामा बस दुर्घटना, दुई गम्भीरसहित १३ जना घाइते

विराटनगर । संखुवासभाको मादी नगरपालिका–४ दोभानमा बस दुर्घटना भएको छ । मादीबाट–धरानका लागि छुटेको को १ ख २८३४ नम्बरको बस ११ बजे दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते १३ जनामध्ये पनि दुईजनाको अवस्था केहि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । ।

बस सडकदेखि २० मिटर तलसम्म धस्रिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । बसमा सवार १९ जनालाई सामान्य चोट मात्रै लागेकोले चैनपुर अस्पतालमा र १३ जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्