बाह्र वर्षीया बालिका बलात्कार आरोपमा उर्लाबारीबाट युवक पक्राउ

बाह्र वर्षीया बालिका बलात्कार आरोपमा उर्लाबारीबाट युवक पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–७ मा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी उर्लाबारीका अनुसार हिङमाङमाथि फेसबुकबाट चिनजान भएकी ती बालिकालाई ललााई–फकाइ गरि होलीका दिन उर्लाबारी ल्याएर बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार हिङमाङले उर्लाबारी–७ की खरीमाया श्रेष्ठको घरमा बालिकालाई राखेर दुई दिनसम्म जबरजस्ती करणी गरेको भनी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिनु भएको हो । त्यसका आधारमा प्रहरीले पीडकलाई पक्राउ गरि जिल्ला अदालत मोरङबाट छ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्