विराटनगरको हाम्रो अस्पतालमा निःशुल्क प्लास्टिक सर्जरी

<span class='c1'>विराटनगरको हाम्रो अस्पतालमा</span> <span class='c2'>निःशुल्क प्लास्टिक सर्जरी</span>

विराटनगर । फेक्ट नेपालद्वारा बिराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सञ्चालन सुरु भएको छ ।
फेक्ट नेपालका प्रदेश १ का कर्मचारी निलम श्रेष्ठका अनुसार यो सेवा हरेक १५ दिनमा संचालन हुनेछ । गतबर्ष लकडाउनका कारण एक बर्ष सेवा बन्द भएको र हाल सो सेवा सुचारु गरिएको जानकारी दिइएको हो ।

समस्यामा परेका आफ्ना टोल समाजमा रहेका यस्ता प्रकृतिका व्यक्तिहरुले सम्पर्क गदौ उपचार पाउने भएका हुन् । मुख भित्रको सल्यक्रिया भईसकेपछि बोलि राम्रो बनाउन बोलिको तालिम हरेक दिन दिने गरेको स्पिच थेरापिस्ट शिव कुमारी रार्इले जानकारी दिइन ।
जलेको पोलेको बिरामीको उपचार पश्चात फिजियो थेरापि गराउनु पर्ने र उक्त सेवा समेत फेक्ट नेपालले निःशुल्क उपलब्ध गराएको संस्थाका कर्मचारी शिवशंकर मण्डलले जानकारी दिए ।

प्लास्टिक सर्जन डाक्टर सुरेन्द्र जंग बस्नेतको नेतृत्वमा डाक्टर बन्दना पौडेल लगायतको टोलिले निशुल्क सल्यक्रिया गरि उपचार गरि रहेको छ
प्रदेश एक का सबै जिल्ला तथा प्रदेश दुइका सिराह सप्तरी धनुषा र महोत्तरी लगायतका क्षेत्रबाट सेवा लिन आएको र बिभिन्न जिल्ला तथा समुदायमा स्थानीय संघसंस्था सँगको सहकार्यमा शिविर संचालन गरि त्यस्ता बिरामीको छ्नोट गरि बिराटनगर ल्याइ निशुल्क खाने बस्ने ब्यबस्था समेतको प्रबन्ध गर्दै सल्यक्रिया गरिने नर्सिङ स्टाफ हिमाल सरि राइले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्