विराटनगर । मोरङको सुनवर्सी नगरपालिकाको बरडंगा स्वास्थ्यचौकीमा रामलाल गोल्छा आँखा अस्पताल र सङ्कल्प फाउण्डेशनको संयुक्त सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको छ ।
आयोजित शिविरमा १२५ जनाले आँखा परीक्षण गराएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजाल, सुनवर्षीका मेयर शिवनारायण सिंह लगायतको उपस्थिति रहेको सङ्कल्प फाउण्डेशन अध्यक्ष अमिता यादव ले जानकारी गराउनुभयो।