आगलागीबाट बाइसलाख बराबरको क्षति

<span class='c1'>आगलागीबाट बाइसलाख</span> <span class='c2'>बराबरको क्षति</span>

विराटनगर । एक नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट भई अन्दाजी २०,००,००० ९बिस लाख० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी भोजपुरको रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनबाट शुरु भएको आगलागी बस्नेतको घरमा समेत सल्कीई घर भित्र रहेको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट हुदा अन्दाजी २०,००,०० बराबरको क्षेती भएको तथा उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्