पच्चिस ग्राम ब्राउनसुगरसहित झापामा एकजना पक्राउ

पच्चिस ग्राम ब्राउनसुगरसहित झापामा एकजना पक्राउ

विराटनगर । लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ बर्षीय संजय लामा रहेका छन ।

उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्