८७ केजी गाँजासहित दुईजना पक्राउ

८७ केजी गाँजासहित दुईजना पक्राउ

इटहरी । सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र अर्का बिहारी मुखियालाई ८७ केजी गाँजासहित पक्राउ गरिएको छ । विशेष सुचनाका आधारमा प्रहरीले कोशी गाउँपालिका–४ कटान क्षेत्रमा बालुवामा गाडेर राखेको अवस्थाको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले दुई दिन अगाडी शनिबार ठुलो परिमाणमा गाँजा सीमा कटाउन लागिएको सूचना पाएर विशेष निगरानी बढाएको थियो । त्यस क्रममा कोशी गाउँपालिका ४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई पुरेर राखिएको गाँजा बरामद भएको थियो । पक्राउ गरिएका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्