मोरङमा अध्यक्ष पदको लागी चारजनाको उम्मेदवारी, दुईजनाले फिर्ता लिने संभावना

<span class='c1'>मोरङमा अध्यक्ष पदको लागी चारजनाको</span> <span class='c2'>उम्मेदवारी, दुईजनाले फिर्ता लिने संभावना</span>

विराटनगर । चैत्र २५ गते हुन गईरहेको नेपाल पत्रकार महासंघ मोरङ जिल्ला समितिको निर्वाचनमा २० पदका लागी ४७ जनाको उम्मेदवारी परेको छ । उमेदवारी परेकामध्ये दुईजनाले भने फिर्ता लिनसक्ने संभावना रहेको छ ।
अध्यक्षमा ४ जना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य गरि ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा अर्जुन आचार्य, दुर्गा प्रसाद खतिवडा, सञ्जीव खनाल र शंकर खरेलको उम्मेदवारी परेको छ । आईतबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा उपाध्यक्षतर्फ मोहन भट्टराई, सन्तोष सिग्देल र हरिप्रसाद कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेको छ । जसमा उमा थापा पोखरेल, चिना थापा र तारा आचार्य रहेकी छन् ।

यस्तै पत्रकार महासंघ मोरङ जिल्ला सचिवका लागी नेत्र पी अधिकारी र हरि अधिकारी गरि दुईजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार खुल्ला सह–सचिवमा र समावेशी सह–सचिवमा पनि ३–३ जनाले उम्मेदवारी दिएका छन् । जसमा खुल्ला सह–सचिवतर्फ दिनेश सुब्बा, पर्शुराम निरौला (प्रशान्त) र सरोज बस्नेत तथा समावेशी सह–सचिवतर्फ अनिल श्रेष्ठ, खगेन्द्र कुमार राई (अर्जुन) र जितेन्द्र नारायण ठाकुरले उम्मेदवारी दिएका हुन् ।

कोषाध्यक्षमा अभयकुमार राई र चिरञ्जीवी (सुमन सुस्केरा) को उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै आगामी निर्वाचनका लागी ८ जना खुल्ला सदस्यको पदमा १६ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरूमा एलिना दियाली, कुमार खड्का, कैलाश चापागाँई, गोपाल पोखरेल, तेजन खड्का, दिलीप कुमार अग्रवाल, नवराज भट्टराई, विरेन्द्रकुमार शाह, भीमराज अधिकारी, मणिराम दाहाल, मनोज कुमार मेहता, राकेश कर्ण, सन्तोष गौतम, सन्दिप राई, सशांक पौडेल र सुरेश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनका लागी १ जना महिला सदस्य र १ जना आदिवासी जनजाति पदका लागी २–२ जनाको उम्मेदवारी परेको छ । जसमा क्रमशः उषाकुमारी सरदार र राजकुमारी तामाङ तथा बबिता साम्पाङ राई र राजेश कुमार राजवंशी रहेकी छन् । यसैगरि मधेशी सदस्यमा पवन कुमार साह र मुकेश यादव तथा दलित सदस्यमा तिलक नेपाली र पदम कुमार सरदारले उम्मेदवारी दर्ता गराएका छन् । अन्य समावेशी सदस्य पदका लागी दिपा धिमाल, बाबुराम मुडियारी र श्यामसुन्दर सुतिहार गरि ३ जनाको उम्मेदवारी परेको छ ।

यस्तै ५ जना केन्द्रिय परिषद सदस्य पदका लागी २ महिला र ८ पुरुष गरि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा अनन्तराज न्यौपाने, अर्जुन जम्नेली राई, गणेश लम्साल, बिक्रम लुईटेल, भक्तशेर लिम्बु, महेन्द्र बिष्ट, मोहन भण्डारी, शंकर लुईटेल, शान्ति गौतम दाहाल र सिर्जना कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसका साथै १४ सदस्यीय प्रदेश परिषद सदस्य पदका लागी पनि २४ जनाको उम्मेदवारी परेको जनाईएको छ । जसमा प्रेम देवान ,अविनाश कुमार निधी, किशोर बुढाथोकी, किशोर विश्वकर्मा, किसान शाही, ज्योती चौहान, दिनेश कुमार पोखरेल, धनबहादुर बस्नेत, पुण्य प्रसाद अधिकारी, पुष्पराज थपलिया, बाबुराम भण्डारी, विवेक मिश्र, वेदराज पौडेल, भुपेन्द्र तिम्सिना, भोजराज घिमिरे, मदन बाबु प्रसाँई, माधव अधिकारी, यज्ञराज अधिकारी, रबिन्द्र बराल, सन्तोष राई, सत्यनारायण शर्मा, सुमन घिमिरे, सुरेश कार्की र हरिहर नेपालले उम्मेदवारी दर्ता गराएका छन् । यसका साथै दावी विरोध गर्ने आज सोमबार अन्तिम समय तोकिएको छ । अध्यक्ष पदमा ४ जना मध्ये अर्जुन आचार्य र दुर्गा प्रसाद खतिवडाले भने उम्मेदारी फिर्ता लिन सक्ने सम्भावना देखिएको छ । दसई जनाले उम्मेदवारी फिर्ता लिए भने अध्यक्ष पदको लागी शंकर खरेल र संजिव खनालविच प्रतिस्प्रधा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्