पत्रकार महासंघ निर्वाचन : बागी उमेद्वार ठाकुर र थापालाई कारवाही

पत्रकार महासंघ निर्वाचन : बागी उमेद्वार ठाकुर र थापालाई कारवाही

विराटनगर । बुधबार (भोलि) हुने नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनमा गठबन्धनका उम्मेदवार विरूद्ध बागी हाल्ने प्रेस यूनियनका उपाध्यक्षसहित दुई जनालाई कारवाहीको लागि सिफारिस गरिएको छ । नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष जितेन्द्र नारायण ठाकुर र सदस्य उमा थापा (पोखरेल) लाई कारवाहीको लागि प्रेस युनियन मोरङले केन्द्रमा सिफारिस गरेको हो ।


ठाकुरले नेपाल पत्रकार महासंघ मोरङको समावेशी सह–सचिवमा र उमाले महिला उपाध्यक्षमा बागी उम्मेदवारी दिएका थिए । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस यूनियन मोरङ र प्रेस संगठनको संयुक्त गठबन्धन बनेको छ ।

उक्त गठबन्धनको आधिकारीक उम्मेदवारमा महिलातर्फ उपाध्यक्ष तारा आचार्य र समावेशी सह–सचिवमा अनिल श्रेष्ठलाई अगाडी सारिएको छ ।


उमाले आफ्नै संगठनको आधिकारीक उम्मेदवार आचार्य विरुद्ध उपाध्यक्षमा र ठाकुरले गठबन्धनका आधिकारीक समावेशी सह–सचिवका उम्मेदार श्रेष्ठ विरुद्ध बागी उम्मेदवारी दर्ता गराएपछि प्रेस यूनियनले कारवाहीको सिफारिस केन्द्रीय कार्यालयमा पठाएको प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले जानकारी दिनुभयो ।
‘आधिकारीक उम्मेदवार विरुद्ध बागी हालेपछि निलम्बनको सिफारिस गरिएको छ,’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्