आगलागीबाट क्षति भएको सञ्चारमाध्यमलाई विराटनगरका युवा उद्यमीको सहयोग

<span class='c1'>आगलागीबाट क्षति भएको सञ्चारमाध्यमलाई</span> <span class='c2'>विराटनगरका युवा उद्यमीको सहयोग</span>

नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आगलागीबाट क्षति भएको सोलुखुम्बुस्थित सोलु एफ.एम.लाई आर्थिक सहयोग गरेको छ ।

प्रदेश १ को आन्तरिक पर्यटन प्रवद्र्धनकालागि आयोजित मोटर र्यालीका क्रममा सोलुखुम्बु पुगेको युवा उद्यमीहरुको टोलीले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद पच्चिस हजार रुपैयाँ सहयोग गरेको हो । सो अवसरमा सोलु नगरपालिकाका उपमेयर, एफएम सञ्चालक लगायत अन्य सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ प्रदेश राजधानी विराटनगरबाट सुरु भएको मोटर र्याली बर्दिबास–घुर्मी हुँदै फाफ्लु पुगेर करिव आठसय किलोमिटरको यात्रा पूरा गरेर फर्किएको छ । कोभिड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गरी आन्तरिक पर्यटनलाई पुर्ववत् रुपमा फर्काउन मोटर र्याली आयोजना गरेको क्लवका अध्यक्ष सृजन प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्