भोजपुर । भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । धनकुटा पाख्रिवास –३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगर काठको मुडा पल्टाउने क्रममा सोही थिचेर घाइते भएका थिए ।
घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।