सवारी दुर्घटनामा चारजनाको मृत्यु

सवारी दुर्घटनामा चारजनाको मृत्यु

विराटनगर । मोरङ र ओखलढुंगामा भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।  मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवराी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रक सँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी ओखलढुङगा मानेभञ्ज्याङ–४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ बर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् ।

धुसेनितर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो । बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्