विराटनगर । मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जलेर मंगलबार नष्ट भएको थियो ।
उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
त्यस्तै तेह्रथुम छथर ५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाइ सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगोलागी हुँदा अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ ।
उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो आगोलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको स्रोतले जनाएको छ ।