प्रहरी कर्मचारी तथा परिवारका सदस्यलाई सीपमुलक तालिम

<span class='c1'>प्रहरी कर्मचारी तथा परिवारका</span> <span class='c2'>सदस्यलाई सीपमुलक तालिम</span>

बिराटनगर । प्रदेश १ प्रहरी श्रीमती संघको सक्रियतामा अवकास प्राप्‍त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागी सिपमुलक फूल खेती तालिमको सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा तालिमको शुभारम्भ गरिएको हो । प्रदेश प्रहरी श्रीमती संघ अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गर्नु भएको हो ।

स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर हुन सहायक सिद्ध गराउनका लागि प्रहरीमा कार्यरत मालि कर्मचारीलाई सीपमुलक तालिम आयोजना गरिएको संघ अध्यक्ष कार्कीले त्यस अवसरमा बताउनुभयो ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ दिन अवधीको सिपमुलक मालि तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिम समुद्घाटन कार्यक्रममा प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्