चोरीमा संलग्न चार जना पक्राउ

चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा रहेको जय बैष्णु फर्निचर उद्योगका सामाग्री चोरी गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पाथीभरा पेट्रोलपम्प अगाडी जहदा गाउँपालिका–४ कुशवाहका रतनकुमार कोईरीले सञ्चालन गर्नु भएको फर्निचर उद्योगमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चार दिन अगाडी चैत २१ गते फर्निचर उद्योगका सामाग्रीहरु चोरी भएका थिए । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर महानगरपालिका–८ वलुवाहीका लक्ष्मी यादव, अर्जुन मुखिया, धर्मेन्द्र राय र दिपेशकुमार रायलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

उनीहरुले फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेशिन एक थान, हेण्डकटर एकथान , जेक्सो मेशिन एकथान, लेड टिभी एक थान, मोवाईल एकथान, पानी तान्ने मोटर र विभिन्न हाते औजार चोरी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले उनीहरुलाई विराटनगरबाट चोरिएका सामानसहित पक्राउ गरेको छ । उनीहरु विरुद्ध चोरी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्