सेन्चुरी उद्योगबाट मसला चोरी गर्ने तीनजना पक्राउ

सेन्चुरी उद्योगबाट मसला चोरी गर्ने तीनजना पक्राउ

विराटनगर । उद्योगबाट मसला चोरीमा संलग्न भई तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित सेन्चुरी मसला उद्योगबाट चोरी गरेको मसला बिक्रीका लागि लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले संलग्न आरोपमा बुढिगंगा–६ सखुवाटोकी बस्ने सुरज चौधरी, संखुवासभा धर्मदेवी नगरपलिका–२ तामाफोकका जितेन बिकलाई ३७ बोरा सेन्चुरी मसला चोरी गरेको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

उनीहरुले चोरी गरेको मसला सुनसरी दुहवी–५ स्थित माँ भगवती किराना पसलमा बिक्री गर्न लिएर गईरहेको अवस्थामा फेला पारिएको प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो । चोरीको मसला खरिद गर्ने माँ भगवतीका सन्तोष साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएर चोरी कसूरमा थप अनुसन्धान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्