करणी तथा करणी उद्योगका फरार तीनजना पक्राउ

करणी तथा करणी उद्योगका फरार तीनजना पक्राउ

विराटनगर । जर्बरजस्ती करणी मुद्दामा दुईवर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेका विराटनगर–१५ निवासी दिनेश साहलाई मोरङ प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०६८ मंसिर २६ गतेको फैसलाबाट दोषी ठहर भएका साहलाई दुई दिन अगाडी प्रहरीले रानीको दुई नम्बर ढाटबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनलाई जिल्ला अदालत मोरङमा बुझाएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
यसैगरी मोरङ कटहरी गाउँपालिका–१ आदर्श टोलका अवधेश राय र गणेश दासलाई जर्बरजस्ती करणी उद्योगको आरोपमा पक्राउ गरिएको छ । स्थानीय एक व्यापारीको पसलमा प्रवेश गरि जर्बरजस्ती करणी उद्योग गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

गत चैत १६ गते उनीहरुले महिलालाई जर्बरजस्ती करणी गर्न खोजेपछि फरार भएका थिए । फरार उनीहरुलाई धनकुटाको भेडेटार बजारबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्