घुस लिदाँलिदैं प्रहरीका सिपाही विराटनगरबाट अख्तियारको फन्दामा

घुस लिदाँलिदैं प्रहरीका सिपाही विराटनगरबाट अख्तियारको फन्दामा

विराटनगर । सेवाग्राहीसँग ४० हजार घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलिले प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको सीतागञ्ज प्रहरी चौकीमा कार्यरत कासिन्दर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

बिहीबार साँझ विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज अगाडीको क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो । वैदेशिक रोजगारीको ठगि मुद्दामा संलग्न आरोपीलाई मुद्दा मिलाएर छुटाउने प्रलोभन दिएर उनले रकम लिइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्