पत्रकार महासंघ मोरङ अध्यक्षमा संजीव खनाल निर्वाचित

पत्रकार महासंघ मोरङ अध्यक्षमा संजीव खनाल निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा संजीव खनाल विजयी हुनु भएको छ । उहाँले निकटम प्रतिद्वन्दी शंखर खरेललाई ६ मत अन्तरले पराजित गर्नु भएको हो । अध्यक्ष खनालले ९८ मत ल्याउनु भएको थियो ।

यसैगरी उपाध्यक्षमा मोहन भट्टराई (खुल्ला) र तारा आचार्य (महिला) निर्वाचित हुनु भएको छ । सचिवमा नेत्र पी अधिकारी, सह–सचिवमा पर्शुराम निरौला र अनिल श्रेष्ठ (समावेशी) तथा कोषाध्यक्षमा अभयकुमार राई निर्वाचित हुनु भएको छ । कार्यसमितितर्फ सर्वाधिक मत सह–सचिव (समावेशी) श्रेष्ठले १२७ मत प्राप्त गर्नु भएको छ ।
अन्य कार्यसमिति सदस्यहरुमा एलिना दियाली, गोपाल पोखरेल, तेजन खड्का, दिलिपकुमार अग्रवाल, वीरेन्द्रकुमार साह, राकेश कर्ण र सुरेश अधिकारी निर्वाचित हुनु भएको छ । यसैगरी सदस्य (महिला) उषाकुमारी सरदार, सदस्य (जनजाती) बबिता साम्पाङ्ग राई, सदस्य (मधेशी) पवनकुमार साह, सदस्य (दलित) पवनकुमार सरदार, सदस्य (अन्य) दिपा धिमाल निर्वाचित हुनु भएको छ ।

यसैगरी मोरङबाट केन्द्रीय परिषद् सदस्यतर्फ बिक्रम लुईटेल, अनन्तराज न्यौपाने, गणेश लम्साल, भक्तसेर लिम्बु र सिर्जना कार्की निर्वाचित हुनु भएको छ । यसैगरी प्रदेश परिषद् सदस्यमा सर्वाधिक १३३ मतसहित प्रेम देवान निर्वाचित हुनु भएको छ । १४ जना निर्वाचित हुने प्रदेश परिषद् सदस्यमा बेदराज पौडेल, ज्योती चौहान, अबिनाश निधी, किशोर बुढाथोकी, किशन साही, पुष्पराज थपलिया, बाबुराम भण्डारी, विवेक मिश्र, मदनबाबु प्रसाँई, यज्ञराज अधिकारी, सत्यनारायण शर्मा, रबिन्द्र बराल र हरिहर नेपाल निर्वाचित हुनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्