`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ भोलि `व्हिलचेयर रेस´ प्रतियोगिता हुँदै

`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ भोलि `व्हिलचेयर रेस´ प्रतियोगिता  हुँदै

विराटनगर
प्रशिक्षार्थी पत्रकार /
आकृति रानि फुयल बिगतका वर्षहरु झैं यसवर्ष पनि विराटनगरका स्थानिय समाजसेवि युवाहरुको पहलमा `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता भएका ब्यक्तिहरु विशेष गरि जो व्हिलचेयरको सहायताले मात्र हिडडुल गर्न सक्छन् उनिहरुलाई लक्षित गरि भोलि बिराटनगर स्थित दुर्गा चोकमा रहेको सर्भ फिजियोथेरापि एण्ड वेलनेस सेन्टरको मुल आयोजनामा `व्हिलचेयर रेस´ हुने भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बिराटनगर महानगरपालिकाकि उपमेयर इन्दिरा कार्कि रहेको कार्यक्रम संयोजक सबिन घिमिरेले जानकारी दिए । सोहि अवसरमा उप मेयर कार्किसंग उनिहरुले आफ्नो दैनिक जिवनमा आफुहरुले भोग्दै आएका समस्याहरुका बारेमा केहि समय अन्तरक्रियात्मक कार्यक्रम समेत रहेको आयोजक समितिले जानकारी दियो।

उनि भन्छन् ,उक्त प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक ब्यक्तिहरु सहभागि हुन सक्नेछन् किनभने हामिले कुनै पनि दर्ता शुल्क राखेका छैनौं त्यसैले व्हिलचेयर प्रयोगकर्ता जो कोहि यस प्रतियोगितामा सहभागि हुन सक्नेछन् ।
आवर विराटनगर संग कुरा गर्दा उनलेे भने, हामिले यस प्रतियोगितामा पुरस्कारको समेत ब्यवस्था गरेका छौं । प्रत्येक सहभागिलाई केहि न केहि `गिफ्ट ह्याम्पर´ प्रदान गर्ने योजना छ त्यसैले प्रथम ,द्वितीय र तृतीयलाई क्रमशः १००००,७००० र ४००० नगदका साथै अन्य `गिफ्ट ह्याम्पर´हरु प्रदान गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्