नोबेल विरुद्ध आक्रोशित पीडितमाथि प्रहरीद्वारा लाठि चार्ज, तीनजना घाइते

नोबेल विरुद्ध आक्रोशित पीडितमाथि प्रहरीद्वारा लाठि चार्ज, तीनजना घाइते

विराटनगर । चिकित्सकको लापर्वाहीका कारण नवजात शिशुको मृत्यु भएको दावी गर्दै नोबेल मेडिकल कलेज विराटनगर विरुद्ध आक्रोशित आफन्त तोडफोडमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठ्ठी चार्ज गरेको छ । दुईदिन अगाडी भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरिरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हुँदै आएका छन् ।

अस्पतालमा तीन दिन अगाडी भर्ना गरिएकी इटहरी–१ आँपगाछी निवासी सरिता प्रधानबाट शिशुलाई जन्मदिने क्रममा मृत्यु भएको थियो । आमा र बच्चाको सामान्य अवस्था रहेकै बखत भर्ना गरिएपनि प्रसुती गराउने क्रममा भ्याकुमले तान्ने क्रममा शिशुको मृत्यु भएको दावी आफन्तको छ ।

आमाको ईच्छा विपरित जर्बरजस्ती पटक–पटक भ्याकुमको प्रयोग गरिएका कारण शिशुको मृत्यु भएको दावी उनीहरुको छ । शिशु निकाल्दा टाउकोमा प्वाल, छातीमा रगत जमेको टाटो र शरिरभरी निलडाम देखिएको थियो ।त्यहि विषयलाई लिएर नोबेलमा आफन्त तथा स्थानीयहरु तीनवटा बस रिजर्ब गरेर विराटनगर आएका हुन् ।

उनीहरुले नोबेल अस्पताल अगाडी डाक्टर मधु साहलाई कारवाही गर्नुपर्ने माग गर्दै मुख्य प्रवेशद्वारबाट आउजाउ बन्द गराउन खोजेका थिए । त्यस क्रममा आन्दोलनमा सहभागी हुन आएकी मिना श्रेष्ठलाई नोबेलका सेक्युरिटी गार्डले हातपात गरेपछि उत्पन्न विवादसँगै आक्रोशित पीडितले नोबेलमा तोडफोड गरेका हुन् । प्रहरीले भीडलाई तितरबितर बनाउने क्रममा पीडित पक्षको समर्थनमा आएका होमराज देउजा र शिव नेपालीको हातमा चोट लागेको छ । अर्का सन्दिप चौधरीलाई गहिरो चोट लागेको छ । उनको दश टाँका लगाउनु परेको दिलकुमार राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्