विराटनगर
बिहीबार बेलुका बर्षासगैं परेको चट्याङबाट पुर्वमा छुट्टाछुट्टै स्थानका ३ जना घाईते भएका छन् । घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी, सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन त्यसैगरि ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर रहेकि छिन् । उनिहरु आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए ।
हाल दर्जिको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको छ , खातुनको सुनसरी जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने मगरको मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।