विभिन्न तीन दुर्घटनामा मोरङमा दुईजना र झापामा एकको मृत्यु

<span class='c1'>विभिन्न तीन दुर्घटनामा मोरङमा दुईजना</span> <span class='c2'>र झापामा एकको मृत्यु</span>

विराटनगर । मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ ।
स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको हो ।

मोरङ केराबारी गाऊपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किची मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागी सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचि लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यसैगरी झापा बुद्धशान्ति गाऊपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाईते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्