विराटनगरमा एक पुरुषको हत्या

विराटनगरमा एक पुरुषको हत्या

विराटनगर । विराटनगर–८ बलुवाईका एक पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका–८ बलुवाईका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

प्रहरीका अनुसार झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो ।

मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्