रंगेलीमा धमाधम नियन्त्रण गरिदैं भारतीय नम्बरका मोटरसाइकल

रंगेलीमा धमाधम नियन्त्रण गरिदैं भारतीय नम्बरका मोटरसाइकल

विराटनगर । सीमा क्षेत्रबाट खुलेआम् प्रवेश गरी नेपालका सडकमा कुद्ने भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रण लिन थालिएको छ । मोरङको रंगेली क्षेत्रमा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रण लिने थालिएको हो ।

अस्थायी ट्राफिक चेकपोष्ट रंगेलीका इन्चार्ज निलमणी पोखरेलका अनुसार दुर्घटन्ँसँगै अपराध जोखिम बढेका कारण भारतीय नम्बर प्लेट भएका मोटरसाइकललाई नियन्त्रणमा लिन थालिएको छ । कानेपोखरी–रंगेली सडकखण्ड सीमासँग जोडिएपछि भारतबाट प्रवेश गरेका मोटरसाइकल अनियन्त्रित गतिमा कुद्ने गरेका हुन् ।

प्रहरीले रंगेली, डाँइनिया, कर्सिया, रामचौक क्षेत्रमा आकस्मिक तथा नियमित चेकजाँच गर्दै आएको छ । कागजात र हेलमेट बिनै आएका भारतीयहरुको मोटरसाइकल नियन्त्रणमा लिएर उनीहरु आउनुको प्रयोजन जानकारी लिने गरिएको छ । ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटका सवारी नियन्त्रणमा लिने र प्रहरीले सवारको विषयमा जानकारी लिने गरेको छ ।

नेपालमा दुर्घटना गराएर कतिपय सवारी भारततर्फ प्रवेश गर्ने गरेका कारण कानुनी उपचारमा समेत समस्या पर्दै आएको छ । नेपालमा दुर्घटना गराएर भारत प्रवेश गरेपछि त्यस्ता सवारी र चालकलाई नियन्त्रणमा लिन समेत सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्