सामुदायिक वनमा आदिवासी महिलाको भूमि अधिकार सम्बन्धि पुस्तक विमोचन

सामुदायिक वनमा आदिवासी महिलाको भूमि अधिकार सम्बन्धि पुस्तक विमोचन

विराटनगर । राष्ट्रिय आदिवासी जनजाती महिला महासंघले सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमिका र अधिकार सम्बन्धी पुस्तक विमोचन गरिएको छ । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले ‘सामुदायिक वनमा आदिवासी महिलाहरूको भूमि अधिकार’ पुस्तकको विमोचन गरेका थिए । सामुदायिक वन नीति समिक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा पारेको प्रभाव तथा वहिष्करणको सटिक विश्लेषण एवं अनुसन्धानलाई पुस्तकमा समेटिएको छ ।

महासंघले प्रकासन गरेको पुस्तकको अनुसन्धानकर्ता यसोकान्ती भट्टचन हुन् भने पुस्तकका नेपाली अनुवादन नन्द कन्दङ्वाले गरेका हुन् । आदिवासी महिलाहरूको भूमि अधिकारको लागि न्यायिक आधारलाई बढाउने र समावेशी सामुदायिक वन व्यवस्थापन प्रक्रियाको लागि आदिवासी महिलाहरूलाई सवलीकरण गर्ने विषयमा केन्द्रीत हुँदै आदिवासी महिलाले सामुदायिक वनमा कुन हदसम्मको अधिकार अभ्यास गरिरहेका छन् भन्ने थाह पाउने अनुसन्धानको उद्देश्य थियो ।

सामुदायिक वन व्यवस्थापनमा असमानता र वहिष्करण पहिचान गर्न झापा र मोरङका आदिवासी महिलासँग छलफल गरिएको थियो । अनुसन्धान सन् २०२० को फेब्रुअरी १५ देखि २३ सम्म गरिएको थियो । अनुसन्धानकर्ता भट्टचनले समूह केन्द्रीत छलफल र मुख्य सूचनाकर्तासँगको अन्र्तवार्ता लिएकी थिइन् । छलफल र अन्र्तवार्ताका लागि ७ सामुदायिक वन उपभोक्ता समूह, २ साझेदारी वन र १ कबुलियत बनको पहिचान गरिएको थियो ।

अनुसन्धान राजवंशी, मेचे, धिमाल, गन्गाई, ताजपुरीया, उराव र मुरियारी समूदायका २२७ आदिवासी पुरूष र महिलामा केन्द्रीत थियो । आदिवासीहरूको प्रथाजनित अभ्यासहरूलाई अपराधीकरण गरिएको निश्कर्ष निकाल्दै वर्तमान कानून र नीतिमा संशोधन र आदिवासीका अधिकारलाई सरकारबाट उल्लंघन गर्ने काम रोकिनु पर्ने तर्क गरिएको छ । कार्यक्रममा प्रदेश नं. १ का सभासद विद्यानन्द राजवंशी, संजा दुनुवार , महासंघ अध्यक्ष चिनीमाया माझी, लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्