फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ

<span class='c1'>फरार प्रतिबादी ब्राउन</span> <span class='c2'>सुगर सहित पक्राउ</span>

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिनसहित पक्राउ गरिएको हो ।

उनको साथबाट बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्