बिकेभिएम स्कूलकी छात्रा सुमिका निरौला वतृत्वकलामा भईन् प्रथम

बिकेभिएम स्कूलकी छात्रा सुमिका निरौला वतृत्वकलामा भईन् प्रथम

विराटनगर । ‘भ्रष्टचार न्यूनीकरणमा नागरीक समाजको भूमिका’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित बिकेभिएम स्कूलकी छात्रा सुमिका निरौला प्रथम भएकी छिन् ।
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था मोरङले आइतबार विष्णुमाया पुस्ताकलयको सहकार्यमा आयोजना गरेको प्रतियोगिताको द्धितीय राधा कृष्ण माध्यमकि विद्यालयका मुनिका दियाली भइन् । यस्तै सो प्रतियोगिताको तृतीय अरनीको स्कूलका कृतिका यादव र सान्तवना पुरस्कार सगरमाथा स्कूलका अतमेश पोखरेल भए ।

प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमशः ९ हजार, ६, ३ र १ हजार ५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरेका गरेका छन् । पुरस्कृत हुने विद्यार्थीहरूलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख बावुराम खतिवडा र मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले पुरस्कार वितरण गरेका छन् ।

वक्तृत्वकलाको निर्णायकहरुमा डा. चन्द्र उपाध्यय, मिना जोशी र सीता शर्मा रहेकी थिइन् । भष्टचार विरुद्ध नागरिक निगरानी संस्थाका कार्यभाव अध्यक्ष तथा वरिष्ठ पत्रकार मोहन भण्डारीको अध्यक्षमा उक्त कार्यक्रम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्