इँटाको पर्खालको विकल्प खोज्दै “इको फ्याब”

इँटाको पर्खालको विकल्प खोज्दै “इको फ्याब”

विराटनगरको विभिन्न चौक तथा क्षेत्रमा राखिएका सेता पर्खालहरुलाई ध्यान दिनु भएको छ ? ति सेता पर्खालहरु प्रि स्ट्रेस टेक्नोलोजी प्रयोग गरी कंक्रिटका प्यानलहरुबाट निर्माण भएका हुन् । र पछिल्लो समय यसै प्रविधिको कंक्रिटका वाल र प्यानलहरु आम मानिसको रोजाईमा पर्दै गएको छ । नेपालकै पहिलो प्रि स्ट्रेस टेक्नोलोजी प्रयोग गरी कंक्रिटका वाल र प्यानल बनाउने उद्योग बताईएको इको फ्याब स्ट्रक्चर प्रा.ली को संचालक मध्येका एक पंकज अग्रवालका अनुसार इटाँ र अन्य सामाग्रीको तुलनामा सहज, सस्तो र कम झन्झटिलो हुने भएकाले यस्ता प्यानलहरुको प्रयोग बढ्दै गएको छ ।

यस्ता प्यानलहरु साना घर, संरचना, कम्पाउन्ड वालहरु बनाउने कुरामा प्रयोग गर्न सकिने अग्रवाल बताउनु हुन्छ । सुरु सुरुमा सर्वसाधारणहरुलाई बुझाउन समस्या परेको भएपनि विस्तारै सबैले यसको महत्व बुझ्दै गएको अग्रवालको अनुभव छ । उहाँ भन्नुहुन्छ,'पहिले बलियो र सुरक्षित छैन होला भन्ने जनमानसको भ्रम अहिले चिरिदै गएको छ ।'

भारतको गुजरातमा देखेको प्रविधिको बारेमा थप अनुसन्धान गरेर उहाँले अभिषेक अग्रवाल, निलेश डागा र वर्षा लोहियासँग मिलेर यस उद्योगको स्थापना गर्नु भएको हो ।

उहाँ गुजरातमा आफुले देखेको निक्कै लामा कम्पाउन्ड वालहरुको बारेमा बुझ्दै जाँदा हामिले लगाइरहेको या भनौं प्रचलितमा रहेको इट्टाको पर्खाल भन्दा निकै सस्तो पर्ने,
लगाउँदा पनि तुलनात्मक रुपमा झन्झट कम हुने र यसमा प्रयोग हुने सामाग्री बनाउँदा पनि इट्टाको तुलनामा वातावरण प्रदुषण पनि नहुने लगायतका कुरा थाहा पाएपछि नेपालमा पनि यस उद्योगको सुरु गरेको बताउनु हुन्छ ।

र पछी नेपाल फर्किसके पश्चात उनि नेपालमा पनि ठ्याक्कै यहि प्रविधि भित्र्याउने गृहकार्यमा लागे
र केहि समय पछि नेपालकै पहिलो कंक्रिट वाल निर्माण गर्ने र त्यसलाई जडान गरिदिने उद्योगका रुपमा प्रदेश १ मा इको फ्याब स्ट्रक्चर प्रा.ली को स्थापना गरे I

प्रदेश १ मा इको फ्याब स्ट्रक्चर प्रा.लीले यस्ता कंक्रिट वाल निर्माण गर्ने र जडान गरिदिने उद्योगका रुपमा काम गरिरहेको छ ।


यस उद्योगको बजार व्यवस्थापन तथा कार्य सम्पादनको जिम्मेवारी अहिले पंकज आफैँले हेरिरहनु भएको छ, उत्पादन र बिक्रि अभिषेक अग्रवालले हेर्नुहुन्छ त्यसै गरि अध्ययनले चार्टर्ड एकाउन्टेन्ट भएकाले निलेश डागाले हिसाब किताब हेर्नु हुन्छ भने वर्षा लोहिया निर्देशकका रुपमा हुनुहुन्छ ।

हेर्नुहोस् उहाँहरुको व्यवसायका विषयमा आवर विराटनगरले तयार पारेको भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्